You are viewing the translated version of विद्युतीय सेवा प्रदान गर्ने गैरबासिन्दा व्यक्तिको दर्ता सम्बन्धी व्यवस्था.

Section 10B1
विद्युतीय सेवा प्रदान गर्ने गैरबासिन्दा व्यक्तिको दर्ता सम्बन्धी व्यवस्था
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा विगत बाह्र महिनामा बीस लाख रुपैयाँभन्दा बढी कर लाग्ने विद्युतीय सेवाको कारोबार गर्ने गैरबासिन्दा व्यक्तिले मूल्य अभिवृद्धि करमा दर्ता हुनु पर्नेछ।

(२) विद्युतीय सेवाको कारोबार गर्ने गैरबासिन्दा व्यक्तिको दर्ता प्रक्रिया विभागले निर्धारण गरे बमोजिम हुनेछ।

(३) उपदफा (१) बमोजिम दर्ता भएका विद्युतीय सेवाको कारोबार गर्ने गैरबासिन्दा व्यक्तिको कारोबार बन्द भएमा वा कारोबार गर्न छाडेमा विभागले निर्धारण गरेको प्रक्रिया बमोजिम दर्ता खारेज गराउनु पर्नेछ।